२६ बैशाख २०७८, आईतवार
गृह कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, देशव्यापी विरोध प्रदर्शनको निर्णय हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, देशव्यापी विरोध प्रदर्शनको निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कोन्द्रिय कार्यालय सुानेपामा बस्नेछ । आजको बैठकले संसद विघटनविरुद्ध राष्ट्रिय एकता र मेलमिलाप दिवसका दिन देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्नेछ।

बुधबार बसेको बैठकमा बोल्ने नेताहरुले संसद विघटनविरुद्ध सडकमा जान ढिलाइ गर्न नहुने धारणा राखेका थिए। असंवैधानिक कदम सच्याउन कांग्रेस आफ्नै बलबुताले सडकमा जानुपर्ने उनीहरुको भनाइ थियो।

तर बैठकमै पार्टी सभापती शेर बहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेलबीच आन्दोलनमा जाने वा नजाने बिषयमा चर्काचर्की समेत भएको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर