२ जेष्ठ २०७८, आईतवार
गृह राजनीतीक गुटको कारणले सपनाहरु टुटे ः नवीना लामा
राजनीतीक गुटको कारणले सपनाहरु टुटे ः नवीना लामा

काठमाडौं । विघटित प्रतिनिधि सभा सदस्य तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामा अहीले सम्म नेकपाका कुनै गुटको भेलामा सहभागी भएकी जनाएकी छैनन् । उनका अनुसार सहभागी नहुनुको एक कारण घरायसी हो। तर राजनीतिक रुपमा पनि भेला–बैठकमा जाने जाँगर नचलेको उनी भनाई छ ।

‘अन्तिममा एकतिर लाग्नैपर्ला, हामीजस्ता इमान्दार कार्यकर्ताले अहिले पार्टी विभाजनको औचित्य खोजिरहेका छौं’उहाँले भनीन् । आफू निराश रहेको र सपनाहरु टुटेको उनको भनाई छ । उनलाई अहिले ओली पक्षले केन्द्रीय सदस्य बनाएको छ। तर नेता हुनुभन्दा आफू एकीकृत पार्टीको कार्यकर्ता हुनुमा खुसी रहेको नवीना लामा बताईन् ।

‘एकीकरण गर्दै गर्दा नेकपाका हजारौं कार्यकर्ता र नेपाली जनताले समाजवादको सुन्दर बाटो देखेका थिए सबैभन्दा राम्रो र ठूलो अनि कार्यकर्ता सुरक्षित गर्ने जनताको आशा र भरोसाको प्रिय पार्टी ठानिएको उहाँले बताईना् ।

उनका अनुसार एक अर्काबीचको गुट ,इगो, हठ र बेमेलका कारण पार्टीको तल्लो तहका धेरै कमिटीले पूर्णता नपाउँदै सैद्धान्तिक, वैचारिक र राजनीतिक कारणविनै नेकपा विभाजित भएको,उनी अझै पार्टी एकताकै पक्षमा रहेकोजनाएका छन् ।

दुई समूह फरक बाटोबाट एकै ठाउँ फर्किनै नसक्ने भए आफुले एउटा बाटो समात्नुपर्नेउनी बताउछीन् । पार्टी संगको पूर्वनिकटताका हिसाबले पनि त्यो बाटो केपी ओलीले समातेको बाटो हुने उनले जानकारी दीईन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर