२६ बैशाख २०७८, आईतवार
गृह कुवेतमा कोरोनाविरूद्ध खोप सुरु
कुवेतमा कोरोनाविरूद्ध खोप सुरु

काठमाडौं । मिसिला– कुवेतमा आज कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु भएको छ । कुवेतका स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहलेका अनुसार फाइजर कम्पनीले निर्माण गरेको खोप आजदेखि लगाउन सुरु भएको जानकारी दिए ।

कुवेतको मिसिलास्थित एक्जिबिशन हलको हल नं–५ बाट कोरोनाविरूद्धको भ्याक्सिन खोप लगाउन शुरु हुने स्वास्थ्य मन्त्री सबाहले बताए । अनुसारपहिलो चरण अन्तर्गत वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने उहाँले जानकारी दीए ।

एक वर्षभरी एक–एक महिनाको अवधिमा खोप ल्याइने र खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाने योजना रहेको स्वास्थ्य मन्त्रीलाई उदृत गर्दै कुवेत टाइम्सले जनाएको छ । १६ वर्षभन्दा तलका ब्यक्तिलाई यो भ्याक्सिन दिईने छैन ।

कुवेतमा अहिलेसम्म कोरोन खोप लगाउन ७३ हजार भन्दाबढीले नाम दर्ता गराएका छन् । । नेपालीसहित आप्रवासी श्रमिकले यो खोप लगाउन चाहे त्यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको लिंकमा गएर आफ्नो विवरण भरी नाम रजिस्टर गर्न सकिने छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर