२४ बैशाख २०७८, शुक्रबार
गृह खुमलटारमा भेटिन् चिनियाँ राजदूतले प्रचण्डलाई
खुमलटारमा भेटिन् चिनियाँ राजदूतले प्रचण्डलाई

काठमाडौं । पछिल्लो समयमा आएर नेकपामा विवाद बढ्दै आएको छ । यसैबिच चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्।

राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्।

उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको स्रोतले जानकारी दिएका छन् । स्रोतका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो ।

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर