५ जेष्ठ २०७८, बुधबार
गृह कोरोना संक्रमित महिलाको मृत्यु
कोरोना संक्रमित महिलाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा चिङ्गाड गाउँपालिका.५, निवासी ७३ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको बुधबार राति साढे १० बजे बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताएका छन् ।

अधिकृत कँडेलका अनुसार शरीर सुन्निएको र श्वासप्रश्वासमा मस्या भएपछि पुस ६ गते बेलुका प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको सोही दिन नै प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट पीसीआर परिक्षण गर्दा कोरोना भाइरस ९कोभिड(१९ं० संक्रमण पुष्टि भएको थियो ।

त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले बताएको छ ।

उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २४ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले बताएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर