५ जेष्ठ २०७८, बुधबार
गृह प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक सुरु, नयाँ महासचिव चयन गरिने
प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक सुरु, नयाँ महासचिव चयन गरिने

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।

कार्की ब्याङ्क्वेट बबरमहलमा भइरहेको बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाएर नयाँ महासचिव चयन गर्ने तयारी गरिरहेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार गत ७ गते बसेको बैठकले ९ वटा एजेण्डा तय गरेको थियो। आजको बैठकमा संगठनात्मक एजेण्डा माथि छलफल हुने छ ।

यस्तै, नेता भीम रावलले प्रस्तुत गरेको संघर्षको प्रस्ताव बारेमा छलफल गरेर प्रतिनिधि सभा विघटन विरुद्ध संघर्षका कार्यक्रम पनि तय गर्ने तयारी भइरहेको जनाइएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर