५ जेष्ठ २०७८, बुधबार
गृह राष्ट्रपति ट्रम्पद्वारा कैयौं व्यक्ति विरुद्धको छानबिनबाट उन्मुक्ति
राष्ट्रपति ट्रम्पद्वारा कैयौं व्यक्ति विरुद्धको छानबिनबाट उन्मुक्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरु माथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा गरेको छ ।

राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका व्यक्तिहरुमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरका बुबा र ट्रम्पका अति निकट दुई व्यक्ति छन् । अमेरिकी सङ्घीय छानबिनका क्रममा उहाँहरुको संलग्नता देखिएको थियो । राष्ट्रपति ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ ।

उन्मुक्ति दिइएका व्यक्तिहरुमा जारेड कुश्नरका बुबा चाल्र्स कुश्नर, ट्रम्पका पूर्व चुनावी व्यवस्थापक पल मानाफोर्ट र लामो समयदेखिका ट्रम्पका सल्लाहकार रोजर स्टोन रहेका छन् ।

उनीहरु तीन व्यक्ति समेत हालसम्म २६ जनालाई ट्रम्पले उन्मुक्ति दिइसकको छ । ट्रम्पले भ्रष्ट रिपब्लीकन कंग्रेस सदस्यको सजाय माफ गर्नुका साथै सन् २००७ मा बग्दाद घटनामा १४ निर्दोश इराकीको हत्यामा संलग्न सुरक्षा गार्डमाथिको सजाय पनि माफी दिनु भएको छ ।

चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रसियालीहरुसँग मिलेमतो गरेको आरोप लागेका मानाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको विरोधमा ट्रम्प विरुद्ध चौतर्फी आलोचना भएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर