५ जेष्ठ २०७८, बुधबार
गृह चित्रबहादुर केसीले भनेः ओलीको सनकले देश भड्खालोमा गयो
चित्रबहादुर केसीले भनेः ओलीको सनकले देश भड्खालोमा गयो

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको सनकले देश भड्खालोमा परेको आरोप लगाएका छन् ।

रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले कसैको उन्माद, सनक, पद र प्रतिष्ठाका लागि गरिएको संसद् विघटनविरुद्ध संसद् पुनस्स्थापनाका लागि आन्दोलन चर्काउनुपर्ने बताए ।

पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रतिनिधिसभा नै विघटन गरेर देश भड्खालोमा पार्ने र संविधानमाथि धावा बोल्ने काम गरेको उनको भनाई छ ।‘

गणतन्त्र, देशको स्वाधिनता, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेका बेला ओलीले मध्यावधि निर्वाचन घोषणा गर्नु बदमासी, जबरजस्ती, अलोकतान्त्रिक हो,’ उनले भने, ‘असंवैधानिक कदमविरुद्ध सबै दल मिलेर आन्दोलनमा जानुको विकल्प छैन ।’

उनले ओलीले आफ्नो दलभित्रको विवाद मिलाउन नसक्दाको सनक संसद्मा पोखेको बताए । यस्तो पनि गर्न पाइन्छ,’ उनले प्रश्न गरे ।

अध्यक्ष केसीले संविधानले बहुमत ल्याउने दललाई ५ वर्ष शासन गर्ने म्यान्डेट दिएको र दलहरुले पनि त्यही अवसर दिएकाले जसरी पनि संसद् पुनस्स्थापना हुनुपर्ने बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर