२६ बैशाख २०७८, आईतवार
गृह कोरोनाका एक बिरामीद्वारा ८२ वर्षीय अर्का बिरामीको हत्या
कोरोनाका एक बिरामीद्वारा ८२ वर्षीय अर्का बिरामीको हत्या

क्यालिफोर्नियामा कोरोनाका एक बिरामीले अर्को बिरामीको हत्या गरेको बताइएको छ । ३७ वर्षका एक बिरामीमाथि यो सिलसिलामा हत्या र हेट–क्राइमको मुद्दा दर्ता भएको छ ।

प्राप्त खबर अनुसार ३७ वर्षका जेस मार्टिनेजले ८२ वर्षका अर्का एक बिरामीलाई अक्सिजन सिलिन्डरले हाने जसका कारण उनको मृत्यु भएको छ ।

लस एन्जिल्स प्रहरीका अनुसार वृद्ध बिरामीले जब कोठामा पूजा गर्न सुरु गरे तब जेसलाई मन परेन र वृद्धको क्रियाकलाप देखेर उनलाई असाध्यै रिस उठ्यो ।

जसका कारण जेसले अक्सिजन सिलिन्डर उठाएर ती वृद्धमाथि प्रहार गर्दा उनको मृत्यु भएको आरोप लागेको छ ।

प्रहरीका अनुसार कोठामा यी दुई बिरामीले एक–अर्कालाई चिन्दैनथे र यी दुबैको कोरोनाको उपचार चलिरहेको थियो ।

घटना गत हप्ताको हो । यसको सिलसिलामा जेसलाई अब हिरासतमा लिइएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर