२ जेष्ठ २०७८, आईतवार
गृह संसद विघटन बिरुद्धको रिटमा आज सुनुवाइ हुँदै
संसद विघटन बिरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सर्वोच्च अदालतमा दर्ता भएका दर्जन बढी रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा रहेको सो इजलासमा संसद विघटनविरुद्धका रिट पेसी तोकिएको छ ।

बुधबार प्रधानन्यायाधीश राणाको इजलाशले १२ वटा रिट संवैधानिक इजलासमा पठाएको थियो । आइतबार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि सो कदम असंवैधानिक भन्दै बदर गर्न माग गरिएको छ । जबरासहित वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेको संवैधानिक इजलाशमा सुनुवाई हुनेछ ।

“निवेदनमा उठाइएको विषयवस्तु नेपालको संविधानको धारा ७६ ९१०, ९७० र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले प्रस्तुत निवेदन नियमानुसार गरी संविधानको धारा १३७ ९३० बमोजिम संवैधानिक इजलाससमक्ष पेस गर्नू” आदेशमा भनिएको छ । शुक्रबार बस्ने संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध परेका रिट पेस हुनेछ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर