२ जेष्ठ २०७८, आईतवार
गृह प्रचण्ड–माधव पक्ष सडकमा उत्रियो, सर्वोच्चदेखि निर्वाचन आयोगसम्म धाउँदै
प्रचण्ड–माधव पक्ष सडकमा उत्रियो, सर्वोच्चदेखि निर्वाचन आयोगसम्म धाउँदै

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्ष संसद विघटनविरुद्ध सडकमा उत्रिएको छ । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो । त्यसक्रममा १० बजे माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाँदैछन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजै संसद विघटनविरुद्ध परेका निवेदनको सुनुवाइ हुँदैछ । संविधानविपरित संसद विघटन गरेको भन्दै सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेश दिनुपर्ने सो प्रचण्ड माधव पक्षका कानुन व्यवसायीको माग छ ।

यसैगरी शुक्रबारै प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जादैछन् । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने छन् ।

सर्वोच्च अदालत र निर्वाचन आयोग पुगेपछि आजै अपरान्ह २ बजे अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कार्की व्याङ्क्वेट थापाथलीमा पत्रकार सम्मेलनको आयोजना गर्ने छन् ।

नेकपाले पुस १० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरूलगायत माइतीघर मण्डलमा जम्मा भएर १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ । त्यसपछि दिउँसो २ बजे कार्की क्याङ्क्वेटमा पत्रकार सम्मेलन गरिने छ ।

संघर्षका कार्यक्रमअनुसार एक साताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने र १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने कार्यक्रम सार्वजनिक भएका छन् । पुस १२ गते ७७ जिल्लाको भेला र बैठक पछि १४ गते ७७ वटै जिल्लामा प्रतिगमनविरुद्ध प्रदर्शन गर्ने यो समुहको तयारी छ ।

केन्द्रबाट सुरु भएको प्रचण्ड माधव नेपाल पक्षको संघर्ष स्थानीय तहसम्मै लैजाने तयारी छ । जसमा पुस २० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने कार्यक्रम सार्वजनिक भएका छन् । जसका लागि कैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन पनि गरेको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर