२४ बैशाख २०७८, शुक्रबार
गृह मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ
मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं । ललितपुरको लगनखेलबाट मोटरसाइकल चोरीको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको मन्थली नगरपालिका.१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार पक्राउ परेको छन् । उनीहरुको साथबाट चोरीको बा ८१ प ५२७५ नम्बरको मोटरसाइकल समेत बरामद भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताएका छन् ।

अभिषेक ढकालले काठमाडौंको कपनबाट उक्त मोटरसाइकल हराएको सूचना बिहीबार महाशाखामा दिएका थिए । सोही सूचनाको आधारमा खोजी गर्ने क्रममा उनीहरु पक्राउ परेको भट्टराईले बताएका छन् ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर