२६ बैशाख २०७८, आईतवार
गृह देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि
देशभर थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा आज शुक्रवार देशभर ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म देशभर २,५७,२०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हाल देशभर भने ७,०९२ जना सक्रियकोरोना संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार आज देशभर ८९२ जना कोरोना संक्रमित निको भएका छन् ।

साथै आज देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म देशभर १,८१६ जनाको मृत्यु भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर