५ जेष्ठ २०७८, बुधबार
गृह अनेरास्ववियूको संयोजकबाट ऐन महरलाई कारबाही
अनेरास्ववियूको संयोजकबाट ऐन महरलाई कारबाही

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को विवादले उग्र रुप लिएका बेला त्यसको असर भातृ संगठनहरुमा पनि देखिन थालेको छ ।

पार्टीको भातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको समूहले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाएको घोषणा गरेका छन् । संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको तामाङले शुक्रबार विज्ञप्ति जारी गरी जनाएका छन् ।

संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महरलाई गरिएको कारबाहीलाई अनुमोदन गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्वयियूका सहसंयोजक तामाङ प्रचण्ड–माधव समूहका हुन् भने संयोजक महर केपी ओली समूहका हुन् । पछिल्ला समय नेकपामा देखिउको, विभाजनको असर प्रदेश देखि स्थानिय सरकारहरुसम्म पनि पर्न थालेको छ ।
No photo description available.

Facebook Comments
+ posts

हरेक खबर खास खबर