२ जेष्ठ २०७८, आईतवार
गृह प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् हेरफेरः ८ मन्त्री र १ राज्यमन्त्रीद्धारा शपथ ग्रहण, दुइ मन्त्रीको पद खोसियो
प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् हेरफेरः ८ मन्त्री र १ राज्यमन्त्रीद्धारा शपथ ग्रहण, दुइ मन्त्रीको पद खोसियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन् ।

यस्तै तत्कालिन मन्त्रीपरिषद् मध्ये याुवा तथा खेलकुदमन्त्री व।जगत बहादुर विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ । नयाँ मन्त्रीपरिषद्मा प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यसैगरी गणेश ठगुन्नालाइ सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री बनेका छन् । जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छन भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूले बुधबारै राष्ट्रपति कार्यालय शीतल निवास पुगेर पद तथा गोपनियताको शपथ लिएका छन् ।

त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । भानुभक्त ढकाललाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको छ भने हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । लीलानाथ श्रेष्ठ कानुन मन्त्री बन्दा शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेका छन् ।

भने पद्मा अर्याल कृषि मन्त्री बनिन् । कृष्ण गोपाल श्रेष्ठलाइ शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर