५ जेष्ठ २०७८, बुधबार
गृह प्रचण्ड–नेपाल पक्षलाइ कमल थापाको ब्यङ्ग्यः राप्रपाकै नियति भोग्न नपरोस्
प्रचण्ड–नेपाल पक्षलाइ कमल थापाको ब्यङ्ग्यः राप्रपाकै नियति भोग्न नपरोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा प्रचण्ड–नेपाल समुहलाइ राप्रपाकै अवस्था भोग्न नपोरोस भनेका छन् । थापाले प्रचण्ड–नेपाल समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका हुन् ।

अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन् ।

तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा विनासनाखत कानुनविपरीत राप्रपा विभाजनको घोषणा गरिदिएको आरोप लगाउँदै उनले अहिले प्रचण्ड(माधव समूहलाई त्यस्तै हुनसक्ने संकेत गरे ।

शनिबार बिहान अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसवेला विनासनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस । मेरो शुभकामना छ ।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर