२४ बैशाख २०७८, शुक्रबार
गृह आज जसपाले देशव्यापी मसाल जुलुस निकाल्ने
आज जसपाले देशव्यापी मसाल जुलुस निकाल्ने

काठमाडौं । नेकपाको बढ्दो विवाद संगै जनता समाजवादी पार्टीले शनिबार देशका ७७ वटै जिल्लामा मसाल जुलुस निकाल्ने भएको छ । सरकारले संसद विघटन गरेर प्रतिगामी कदम चालेको निष्कर्ष निकाल्दै यसको विरोधमा जसपा विभिन्न चरणका विरोध प्रदर्शन आयोजना गरिरहेको छ ।

‘आज जनता समाजवादी पार्टी नेपालले केपी ओलीको असंवैधानिक संसद विघटनको विरोधमा जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानमा मशाल जुलुसको आयोजना गर्दैछ । मशाल जुलुसमा सबै अभियन्ता र जनसमुदायलाई सहभागिताको लागि हार्दिक आह्वान गरेको जसपाले जानकारी दिएको छ ।

साथै जसपाले संसद जीवितै रहेको भन्दै सभामुख अग्नि सापकोटालाई भेटेर बैठक बोलाउन आग्रह पनि गरिसकेको छ । शुक्रबार जसपाले देशव्यापीरुपमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर