२ जेष्ठ २०७८, आईतवार
गृह संसद विघटन विरुद्धको आन्दोलनमा सहभागी हुन देउवाको अपिल
संसद विघटन विरुद्धको आन्दोलनमा सहभागी हुन देउवाको अपिल

काठमाडौं । प्रमुख विपक्षि दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले घोषणा गरेको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् ।

शनिबार एक अपिल सन्देश जारी गर्दै देउवाले आफ्नै प्रस्तावमा पार्टीले पुस १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको जनाएका हुन् । संसद विघटनविरुद्ध कांग्रेस पार्टी एकमत रहेको समेत सभापति देउवाले स्पष्ट पारेका छन् ।

विघटनकै दिन आफुले पार्टीका वर्तमान र पूर्व पदाधिकारीको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका र संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको अपीलमा उल्लेख गरिएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर