२४ बैशाख २०७८, शुक्रबार
गृह कक्षा १२ को मौका परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को मौका परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

कोरोना महामारीको कारण छुटेका विद्यार्थीले अगामी पुस १६ गतेदेखि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरिएको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा गएको मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

कोरोना महामारीका कारण कतिपय विद्यार्थी परीक्षामा सामेल हुन सकेका थिएनन् ।

सबै वा केही विषयको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा सञ्चालन हुने परीक्षामा सहभागी हुन बोर्डले आग्रह गरेको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर