२ जेष्ठ २०७८, आईतवार
गृह श्री गणेश सिः गुठीद्वारा रु ५१ हजार एक सहयोग
श्री गणेश सिः गुठीद्वारा रु ५१ हजार एक सहयोग

गण्डकी । श्री गणेश सिः गुठी पृथ्वीचोक पोखराले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिलाई नगद सहयोग प्रदान गरेको छ । समितिको भवन मर्मतसम्भारका लागि नगद रु ५१ हजार एक सहयोग प्रदान गरिएको हो ।

गुठीका नायो एवं अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्व विजुक्क्षलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे । अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक शसक्तीकरणमा उल्लेखनीय भूमिका खेलिरहेको विकास समितिको भवन अर्थ अभावका कारण जीर्ण बन्दै गएकाले त्यसको जीर्णोद्वार तथा मर्मतसम्भारका लागि थोरै भए पनि आर्थिक सहायता प्रदान गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका–८ का वडासदस्य कृष्णमान ठुसाजु, गुठियार शिव द्धा, सचिव गजेन्द्रमान श्रेष्ठलगायतले धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर