२६ बैशाख २०७८, आईतवार
गृह भारतीय नक्कली नोटसहित दुई जना पक्राउ
भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

मोरङबाट १७ हजार ७ सय रुपैया भारतीय नक्कली नोट सहित प्रहरीले दुइ जनालाइ पक्राउ गरेको छ । जिल्लाको रंगेली ८ दर्बैसाबाट भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शविरन्जन सिंह लाइ प्रहरीले पक्राउ गरेको हो ।

विआर ३८ एन ०२५१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाई प्रहरी टोलीले नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

नियन्त्रण पछि चेकजाँच गर्दा उनीहसंग भारतीय नक्कली नोट २०० दरको १७ थान र १०० दरको १४३ थान फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर