५ जेष्ठ २०७८, बुधबार
गृह केन्द्रको विवाद प्रदेश १ माः आर्थिक मामिला मन्त्री आङ्बो बर्खास्त
केन्द्रको विवाद प्रदेश १ माः आर्थिक मामिला मन्त्री आङ्बो बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको प्रभाव प्रदेश सरकारमा पनि धमाधम देखिन थालेको छ ।

बागमती प्रदेशमा प्रचण्ड–माधव नेपाल पक्षले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याइसकेको बेला प्रदेश १ मा पनि एक मन्त्री बर्खास्तीमा परेका छन् ।

मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई हटाएका हुन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई शनिबार पदमुक्त गरिएको पुष्टि गरे ।

बर्खास्तीमा परेका मन्त्री प्रचण्ड–नेपाल समूहका हुन् । उनीविरुद्ध प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको आरोप लगाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि केन्द्रमा नेकपा विभाजित बनेको छ । सोही विभाजनको राप तल्लो तहसम्म देखिँदै गर्दा प्रदेश सरकारमा पनि समीरकण फेरबदल हुने ठानिएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर