२ जेष्ठ २०७८, आईतवार
गृह गुल्मीमा ट्रकको ठक्करबाट दुई पैदल यात्रीको निधन
गुल्मीमा ट्रकको ठक्करबाट दुई पैदल यात्रीको निधन

तम्घास । गुल्मीमा ट्रकको ठक्करबाट दुईजना पैदल यात्रीको निधन भएको छ ।

शनिबार राती रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरुलाई बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा ठक्कर दिएको हो ।

चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर