५ जेष्ठ २०७८, बुधबार
गृह चैतबाट भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने
चैतबाट भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने

काठमाडौं । आगामी चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारि दिए ।

उनका अनुसार पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको नापजाँच गरिसक्ने र चैतबाट लालपूर्जा वितरण गर्ने लक्ष्य छ ।

जटिल प्रकृतिका समस्या देखिए त्यसलाई क्रमशः समाधान गर्दै जाने तर सहजरूपमा हुने कामलाई नरोकी चैतबाट क्रमशः पूर्जा वितरणको काम थालनी गर्ने योजना रहेको उनले बताए ।

देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने उनले बताए । आयोग कानूनी आधारमा टेकेर गठन भएको भन्दै उनले विगतमा बनेका आयोगजस्तो समस्या नआउने दाबी गरे ।

आयोगले आवश्यक नियमावली, कार्यविधि बनाउँदै अगाडि बढेको भन्दै उनले आयोग लालपूर्जा वितरणको काममा सफल हुनेसमेत बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर