५ जेष्ठ २०७८, बुधबार
गृह एमसीसी सम्झौता लागू गर्नुपर्छः ऊर्जामन्त्री रायमाझी
एमसीसी सम्झौता लागू गर्नुपर्छः ऊर्जामन्त्री रायमाझी

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागू गर्नुपर्ने बताएका छन् ।

आइतबार मन्त्रकिो पदभार ग्रहण पश्चात् सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे ।

कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, यो अपराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।’

पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले पास गर्नुपर्ने बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर