२ जेष्ठ २०७८, आईतवार
गृह डडेल्धुराः जंगलमा पुरुषको कंकाल भेटियो
डडेल्धुराः जंगलमा पुरुषको कंकाल भेटियो

डडेल्धुरा। डडेल्धुरामा एक जना पुरुषको कंकाल भेटिएको छ । जिल्लाको परशुराम नगरपालिका–७ चिउराखान भिरमा पुरुषको कंकाल फेला परेको हो। सोमबार जंगलमा कुच्चो काट्न गएका स्थानीयले कंकाल फेला पारेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

उनका अनुसार कंकाल फेला परेको सूचनापछि प्रहरी टोली गएर घटनाबारे अनुसन्धान गरेको हो । ‘अहिले कंकालको लिंग मात्रै खुलेको जनाइएको छ । लगभग २ महिना पहिलेको शवबारे बुझ्न खुट्टाको हड्डी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ’ प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । प्रहरीका अनुसार हाल नाम, थर, वतन नखुलेका उक्त पुरुषको कंकाल व्यवस्थापन गरिएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर