२४ बैशाख २०७८, शुक्रबार
गृह भागरथी हत्याको आरोपमा कञ्चनपुरबाट एकजना पक्राउ 
भागरथी हत्याको आरोपमा कञ्चनपुरबाट एकजना पक्राउ 

काठमाडौं। बैतडीकी १७ बर्षिय किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरी स्रोतका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका ऐटपुरबाट एक सार्वजनिक पद धारण गरेका व्यक्ति पक्राउ परेका हुन्। उनलाई बैतडी प्रहरीको जिम्मा लगाइएको छ।  

पक्राउ परेका पुरुष भागरथीकाे हत्या भएको केही दिन पछि महेन्द्रनगर आएका थिए।

त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले प्रहरी हत्याराको नजिक पुगेको बताएका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर