२४ बैशाख २०७८, शुक्रबार
गृह सहकर्मीबाटै भागरथीको बलात्कारपछि हत्या, हत्यारा आज सार्वजनिक हुँदै
सहकर्मीबाटै भागरथीको बलात्कारपछि हत्या, हत्यारा आज सार्वजनिक हुँदै

बैतडी। बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बताल्कारपछि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भट्टको उनकै सहकर्मीले बलात्कारपछि हत्या गरेको बताएका छन्।

उनका अनुसार प्रहरी समक्ष ती युवकले आफूले भागरथीको हत्या गरेको कुरा स्वीकार गरिसकेका छन्। भागरथी स्थानीय सनातम धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

पक्राउ परेका उनलाई आज पत्रकार सम्मेलन माफृत सार्वजनिक गर्ने तयारी भईरहेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानिकी १७ बर्षिय किसोरी भागरथी भट्टको बलत्कारपछि हत्या भएपछि २२ माघमा स्थानिय लवलेक जंगलमा शव फेला परेको थियो।

भागरथीको शव बलतकारपछि हत्या गरिएको अवस्थामा थियो। शव भेटिएको ५दिनपछि मात्रै प्रहरीले बलत्कारपछि हत्या भएको पुष्टी ग¥यो। यसैबिच भागरथीलाई न्यायको माग गर्दै बिभिन्न ठाउँमा युवा, बिद्यार्थी र केहि सामाजिक अभियन्ताहरुले प्रर्दशन सुरु गरिसकेको थिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर