२४ बैशाख २०७८, शुक्रबार
गृह नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढ्योःनारायणकाजी श्रेष्ठ
नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढ्योःनारायणकाजी श्रेष्ठ

काठमाडौं। नेपाल कम्युस्ट पार्टि (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालमा पुनः वैदेशिक हस्तक्षेप बढेको बताएका छन्।

माजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत प्रतिक्रिया दिँदै नेता श्रेष्ठले सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने काम भएको आरोप लगाए।

सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट बिदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको उनको भनाई छ।

विदेशी शक्तिहरूले कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट आफ्नो स्वार्थ पूरा गर्न सुक्ष्म व्यवस्थापनमा चासो दिएर क्रमशः हस्तक्षेप बढाइरहेको बताउँदै उहाँले वैदेशिक हस्तक्षेपलाई परास्त गर्न एकजुट हुन आग्रह समेत गरे।

Facebook Comments
+ posts

हरेक खबर खास खबर