२ जेष्ठ २०७८, आईतवार
गृह पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध प्रचण्ड-नेपाल समूह निकट विद्यार्थीको प्रदर्शन(भिडियाे सहित)
पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध प्रचण्ड-नेपाल समूह निकट विद्यार्थीको प्रदर्शन(भिडियाे सहित)

टक बहादुर खाती,काठमाडौं। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। बिहीबार अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै बिहान ९ बजेपछि प्रदर्शनी मार्गमा रहेको रत्नराज्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका कारण केहीबेर गाडीको आवागमन प्रभावित भएको थियो । अहिले भने अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।

अनेरास्ववियुले दिउँसो १ बजे आयल निगमको कार्यालय बबरमहलमा पनि प्रदर्शन गर्ने जनाएको छ। निगमले हिजोदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो।

बढेको मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर ११४ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९७ रुपैयाँ र हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ ।
भिडियो हेर्नुहोस्ः

Facebook Comments
+ posts

हरेक खबर खास खबर