२ जेष्ठ २०७८, आईतवार
गृह प्रहरिलाई कुटपिट गर्ने तीन जना पक्राउ
प्रहरिलाई कुटपिट गर्ने तीन जना पक्राउ

मोरङ। मोरङमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ परेको छ। विराटनगर महानरपालिका १८, रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जीवकुमार यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय रानीका अनुसार को२३प २११६ नम्बरको मोटरसाइकलमा सवार दुईजना प्रहरीलाई स्थानीय युवाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दुव्र्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर