२ जेष्ठ २०७८, आईतवार
गृह भागरथी भट्टको १७ दिनपछि महाकालीमा अन्त्येष्टि
भागरथी भट्टको १७ दिनपछि महाकालीमा अन्त्येष्टि

बैतडी। बलात्कारपछि हत्या गरिएकी बेतडीकि भागरथी भट्टको शुक्रवार दाहासँस्कार गरिएको छ।

दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो।

यसअघि सदरमुकाम गोठालापानीबाट महाकाली नदी सम्म शव यात्रा निकालिएको थियो। भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो।

गत माघ २२ गते विभत्स हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो। घटनामा संलग्नको पहिचान हुनुपर्ने मागगर्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर