२६ बैशाख २०७८, आईतवार
गृह निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री ओली असन्तुष्ट
निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा निर्वाचन आयोगको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

७१औ प्रजातन्त्र दिवसका अवसरमा पर्यटन मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा संयुक्त रूपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको मिति नजिकिंदै गर्दा पनि आयोगले कार्यतालिकासमेत प्रकाशित गर्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन्।

जनताले निर्वाचनको तयारी गरेको थाहा नपाएको भन्दै उनले समयमा नै निर्वाचन गर्ने गरी तयारीमा जुट्न आयोगको ध्यानाकर्षण गराए। देश ताजा जनादेशका लागि निर्वाचनमा जान लागेको भन्दै कुनै पनि षड्यन्त्रले निर्वाचनलाई रोक्न नसक्ने समेत उनले दावी गरे।

प्रधानमन्त्री ओलीले केही तत्वले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा पार्न खोजेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको धारणा राखे।

Facebook Comments
+ posts

हरेक खबर खास खबर