२ जेष्ठ २०७८, आईतवार
गृह लोकतन्त्र विरुद्ध खड्ग प्रहार भइरहँदा अरू तमासे बनिरहने? : डा. बाबुराम भट्टराई
लोकतन्त्र विरुद्ध खड्ग प्रहार भइरहँदा अरू तमासे बनिरहने? : डा. बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून र लोकतन्त्र विरुद्ध खड्ग प्रहार गरिरहेको टिप्पणी गरेका छन् ।

उनले आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध खड्ग प्रहार गरिरहँदा अरु तमासे बनिरहने भन्दै प्रश्न समेत सोधेका छन् ।  उनले लेखेका छन्, ‘खड्गप्रसादले संविधान÷कानून÷लोकतन्त्र विरूद्ध खड्ग प्रहार गरिरहने अरू तमासे बनिरहने ? प्रतिनिधिसभा विघटन संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति! प्रदेशप्रमुख बर्खास्त! सचिव र कर्मचारीहरूको पजनी! फाष्ट ट्र्याक,तल्लो अरूण झ्वाम्म ! नभुलौं हिटलर लोभी रकायरकै काँध चढेर आएको थियो ।”

 

Facebook Comments
+ posts

हरेक खबर खास खबर