२४ बैशाख २०७८, शुक्रबार
गृह आगामी तीन दनिसम्म मौसम सफा रहने
आगामी तीन दनिसम्म मौसम सफा रहने

काठमाडौं । आगामी तीन दिनसम्म देशको अधिकांश भू–भागमा मौसम सफा रहने भएको छ। तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने मौसमविद् वरुण पौडेलले जानजकारी दिए। साथै उनले आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने बताए ।

पछिल्लो केही दिनयता अपराह्न तथा साँझपख मौसम बदली भई हल्का वर्षा भएको थियो। प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्न तथा साँझापख मौसममा परिवर्तन भएको मौमसविद्हरुले जनाएका छन् । अबको तीन दिन भने मौसम सफा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर