२४ बैशाख २०७८, शुक्रबार
गृह कञ्चनपुरः भीमदत्तका मेयर ओली पक्षमा
कञ्चनपुरः भीमदत्तका मेयर ओली पक्षमा

कञ्चनपुर। कञ्चनपुरको भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ओली पक्षमा खुलेका छन्।

शनिबार विष्ट ओली पक्षीय नेकपाको कञ्चनपुर जिल्ला कमिटी सचिव चयन भएका छन्। उनलाई शनिवारै महेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष कर्णवहादुर थापाले सचिव पदको सपथ खुवाएका छन्।

प्रचण्ड–माधव पक्ष निकट मानिन्थे। तर मेयर विष्टले केही दिन अघि काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि कित्ता परिवर्तन गरेका हुन्।

पूर्व माओवादीबाट जिल्ला अध्यक्ष रहेका वीर बहादुर थापा ओली पक्षमा लागिसकेका छन्। रिक्त सचिव पदमा मेयर विष्टलाई चयन गरिएको नेकपा ओली पक्षले जनाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर