२ जेष्ठ २०७८, आईतवार
गृह फागुन तेस्रो हप्ताभित्र सक्ने मतदाता नामावली अध्यावधिक गर्ने काम तयारी
फागुन तेस्रो हप्ताभित्र सक्ने मतदाता नामावली अध्यावधिक गर्ने काम तयारी

काठमाडौं। आगामी बैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले फागुन तेस्रो हप्ताभित्र मतदाता नामावली अध्यावधिक गर्ने काम सम्पन्न गर्ने तयारी गरेको छ।

चुनावको तयारीअनुसार आयोगले अहिले तयार भएको निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरुसँग परामर्शको काम गरिरहेको छ।

राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारका सामग्री सार्वजनिक ठाउँ र घरमा राख्नेरनराख्ने, निर्वाचन खर्चलगायतबारे सुझाव दिएका र त्यसबारे आयोगले थप अध्ययन गरेर स्वीकृत गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आयोगले सुझावलाईसमेत समेटेर स्वीकृत गरेपछि आचारसंहिता लागू हुनेछ। आयोगले चुनावका लागि आवश्यक सामग्री खरिदका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

केही दिनमै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको आयोगले जनाएको छ। आयोगले निर्वाचन निर्देशिका बनाउने काम पनि गरिरहेको र त्यसका लागि अध्ययनको काम भइरहेको जानकारी गराएको छ।

यस्तै चुनावअघि नै नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्नुपर्ने भएकाले आयोगले छिट्टै नेकपाको विवाद टुङ्ग्याउने गरी काम गरिरहेको प्रवक्ता श्रेष्ठले बताए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर