५ जेष्ठ २०७८, बुधबार
गृह प्रदेश १ को सभा बैठकः ओली समुहले गर्यो वहिष्कार
प्रदेश १ को सभा बैठकः ओली समुहले गर्यो वहिष्कार

विराटनगर। प्रदेश १ सरकारले आज संसद् बैठकमा नजाने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राई, मन्त्री र ओली खेमाका सांसदहरूले आज प्रदेशसभा बैठकमा नजाने निर्णय गरेको स्रोतले जनाएको छ । सत्ता पक्षले आज बैठकमा उपस्थित नहुनेबारेको लिखित जानकारी प्रदेश संसद् सचिवालयमा दर्ता गराउने तयारी गरिरहेको छ । हालको अवस्थामा संसद् चल्न नसक्ने भन्दै सत्ता पक्ष बैठकमा नजाने निर्णयमा पुगेको हो ।

तर, सभामुख प्रदीपकुमार भण्डारीले भने आज लागि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची सार्वजनिक गरेका छन्। उनले कार्यव्यवस्था परामर्श समितिको बैठकबिनै यो कार्यसूची तय गरेका हुन्।

यसअघि सूचना टाँसेर आज बैठक स्थगित गर्न मुुख्यमन्त्री राईले राखेको प्रस्ताव अस्वीकार गरेका सभामुख भण्डारीले अविश्वास प्रस्ताव पेस हुने गरी कार्यसूची तय गरेपछि मुख्यमन्त्री राई खेमामा सांसद र प्रदेश सरकारका मन्त्रीहरू मुख्यमन्त्रीको कार्यालयमा भेला भएका थिए ।

सोही भेलाले बैठकमा नजाने निर्णय लिएको बुझिएको छ । यसबारे प्रदेश सरकारले आधिकारिक जानकारी भने गराइसकेको छै ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर