२ जेष्ठ २०७८, आईतवार
गृह संसद विघटनको निर्णय बदर, पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला
संसद विघटनको निर्णय बदर, पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं। सर्वोच्च अदालतले संसद विघटनको मुद्दामा अन्तिम फैसला सुनाएको छ । फैसलाले संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनस्र्थापना गरेक छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर