७ माघ २०७८, शुक्रबार
गृह प्रतिनिधिसभा पुर्नस्थापना भएपछि डडेल्धुरामा दीप प्रज्वलन  
प्रतिनिधिसभा पुर्नस्थापना भएपछि डडेल्धुरामा दीप प्रज्वलन  

 डडेल्धुरा। सर्वोच्च अदालतले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गरेपछि डडेल्धुरामा दिप प्रज्वलन गरिएको छ।

मंगलबार नेकपा डडेल्धुराले जिल्ला सदरमुकामको भीमदत्त शालिक निर दिप प्रज्वलन गरेको हो।


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्। त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए।

सर्वोच्च अदालतले संसद पुर्नस्थापनाकँे फैसला सुनाएसंगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।

Facebook Comments

हरेक खबर खास खबर