५ जेष्ठ २०७८, बुधबार
गृह त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा कोभिड भत्ता माग
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा कोभिड भत्ता माग

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुले कोभिड भत्ता उपलब्ध गराउन माग गरेका छन्।

नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले विज्ञप्ति जारी गरी कोभिड भत्ता तत्काल उपलब्ध गराउन माग अस्पताल प्रशासनसँग माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको विषम परिस्थितिमा समेत सेवा दिनका लागि अग्रपंक्तिमा खटिने आवासीय चिकित्सकहरुको उचित मूल्यांकलन गर्दै नियमानुसार कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन जोडदार माग गर्दछौ।’

मागको सुनुवाई नभई आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने एशोसिएसनले चेतावनी दिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर