५ जेष्ठ २०७८, बुधबार
गृह अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गयो
अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गयो

अछाम। अछाममा भिरबाट खसेर एक महिलाको ज्यान गएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ बस्ने जितेन्द्र शाहीकी ३५ बर्षिया श्रीमती धिर्जा शाहीको भीरबाट खसेर ज्यान गएको हो।

ठुलो भीर भएको ठाउँबाट खसेर करिब २ सय ५० मिटर तल घटनास्थलमै उनको शव भेटिएको उनका श्रीमान् जितेन्द्र शाहीले जानकारी दिए।

घर नजिकैको बोकसान जङ्गलमा बुधवार बाख्रा गोरु चराउन गोठालो गएकी शाही बेलुकी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दा बिहिबार जङ्गलमा मृत अवस्थामा भेटाएका हुन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर