२४ बैशाख २०७८, शुक्रबार
गृह दुई लाख रुपैयाँ घुससहित फार्मेसी अधिकृत पक्राउ
दुई लाख रुपैयाँ घुससहित फार्मेसी अधिकृत पक्राउ

विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले औषधि व्यवस्था विभाग विराटनगरका एकजना अधिकृतलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–३ बाट विभागका फार्मेसी अधिकृत सरोज सुवेदी घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट गएको टोलीले विराटनगर-३ स्थित एक होटलमा घुस लेनदेन गर्दागर्दै सुवेदीलाई पक्राउ गरेको हो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर