२ जेष्ठ २०७८, आईतवार
गृह पीएनबी घोटालाका अभियुक्त मोदीलाई सुपुर्दगी गर्न बेलायती अदालतको आदेश
पीएनबी घोटालाका अभियुक्त मोदीलाई सुपुर्दगी गर्न बेलायती अदालतको आदेश

काठमाडौं। भारतको पञ्जाब नेशनल बैंक (पीएनबी) घोटालाका अभियुक्त तथा चर्चित हिरा व्यापारी निरव मोदीलाई सुपुर्दगी गर्न बेलायती अदालतले सरकारलाई आदेश दिएको छ।

लन्डनमा बिहीबार बिहान भर्चुअल बहसमार्फत न्यायाधीश सायुयल गुजीले भारतमा चलिरहेको मुद्धामा छानबिन गर्नका लागि उनलाई सुपुर्दगी गर्न आदेश दिएको हो। यो निर्णय २ वर्ष लामो कानूनी लडाई पछि आएको हो।

बहसको क्रममा उनले निरवविरूद्ध मुद्धा चलाउन पर्याप्त प्रमाण भएको समेत बताए।

यस्तै अदालतले निरवको मानसिक अवस्था ठीक छैन भन्ने तर्कलाई पनि खारेज गरेको छ। न्यायधिसले भने– उनलाई त्यस्तो कुनै समस्या छ जस्तो लाग्दैन।

यता भारत सरकारले पनि आर्थर रोड जेल निरव बसिरहेको लन्डनको जेलको सेल भन्दा राम्रो भएको बताएको थियो।
यसअघि निरवले सुपुर्दगी गरिए आफूमाथि निष्पक्ष सुनुवाई नहुने भन्दै आत्महत्या गर्ने चेतावनी दिँदै आएका थिए।

उनीमाथि २ अर्ब डलर घोटला गरेको आरोप छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर