२६ बैशाख २०७८, आईतवार
गृह आगामी सरकारको गठबन्धन प्राकृतिक हुनुपर्नेमा जोड
आगामी सरकारको गठबन्धन प्राकृतिक हुनुपर्नेमा जोड

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना भइसकेका सन्दर्भमा नयाँ सरकार निर्माणका लागि वर्तमान सरकारले बाटो खुला गर्नुपर्नेमा जोड दिएका छन्।

आज आयोजित साक्षात्कारमा नेता श्रेष्ठल आफूहरुले नेपाल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहलाई ठोस धारणा बनाउनका लागि सुझाव दिएको पनि सुनाए।

उनले भने, “तीन दल हुन्छ कि कांग्रेस र नेकपा मात्रै हुन्छ ? यो टुङ्गिएको छैन, नेकपाको आन्तरिक विभाजन छ, कानूनीरुपमा पूर्णता पाओस् ।” आगामी सरकारको गठबन्धन प्राकृतिक, अग्रगामी, समृद्धि र सुशासनतर्फ जाने खालको हुनुपर्नेमा समेत उनले जोड दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर