२४ बैशाख २०७८, शुक्रबार
गृह उखाने शैलीमा सूर्य थापाको व्यंग्यः पेसिरडाँडामा राजेन्द्र महतोजी ने जायज सवाल पुछा
उखाने शैलीमा सूर्य थापाको व्यंग्यः पेसिरडाँडामा राजेन्द्र महतोजी ने जायज सवाल पुछा

काठमाडौं। सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि ठुलै झड्का लागेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका नेताहरुका व्यंग्य तथा टुक्काहरुको बिगबिगी अँझै बढेको देखिन्छ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेतृतव गरिरहेको नेकपा माथि त उनले शब्द शब्दमा व्यंग्य गरिरहेका छन्।

शुक्रबार बिहान पनि थापाले सामाजिक सञ्जाल मार्फत उक्त समूहमाथी व्यंग्य गरेका छन्। उनले जनता समाजवाी पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रचण्ड नेपाललाई सहि प्रश्न गरेको बताएका छन्।

महतोले बिहीबार मात्रै उक्त समूहलाई तपाइहरुको पार्टी कुन हो भन्दै प्रश्न गरेका थिए।

बिहान गीतको भाषामा एउटा स्टाटस लेख्दै उनले धर्के टीका नीधारमा टलक्क टल्कियो, कहिले नारायणस्थान हामी कहिले महादेवस्थान देवघाटमा लड्डु भोजन, छटपटी अँझै बल्झियो। लेखेका छन्। उनले प्रतिनिधिसभा पुर्नस्थापना भएको दिन चितवनमा प्रचण्ड र माधव नेपालले लड्डु खाएको बिषयलाइ व्यंग्य गरेका हुन्।suryaukhan

Facebook Comments
+ posts

हरेक खबर खास खबर