२ जेष्ठ २०७८, आईतवार
गृह कमलपोखरीमा नागरिक अभियन्ता र प्रहरीबीच धरपकड
कमलपोखरीमा नागरिक अभियन्ता र प्रहरीबीच धरपकड

काठमाडौं। कमलपोखरीमा नागरिक अभियन्ता र प्रहरीबीच धरपकड भएको छ।

सिमेन्ट कमलपोखरी चाहिँदैन भन्दै नागरिक अभियन्ताले ढलान भत्काउन खोजेपछि प्रहरीले रोक्न खोज्दा एक जना अभियन्ताले कंक्रिट भत्काउने क्रममा प्रहरीले उनीसँग भएको घनसमेत खोसेको थियो।

त्यसपछि उनीहरू विद्या सुन्दर शाक्य मुर्दावाद, प्रहरी दमन मुर्दावाद, कमलपोखरी मास्न पाइँदैन भन्दै नाराबाजी समेत गरेका थिए।

यसअघि उनीहरूले सांस्कृतिक सम्पदा मास्न पाइँदैन भन्दै माइतीघरदेखि कमलपोखरीसम्म मार्चपास गरेका थिए।

उनीहरूले पर्सि ११ बजे महानगरपालिका कार्यालय घेराउ गर्ने भएका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर