२६ बैशाख २०७८, आईतवार
गृह अन्तरीक्षमा जिमखाना सहितको पहिलो होटल खुल्दै
अन्तरीक्षमा जिमखाना सहितको पहिलो होटल खुल्दै

काठमाडौं । वैज्ञानिकहरुले दिनहुँ अन्तरीक्षमा नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका छन्। चर्चित डिजाइनिङ कम्पनी आर्टिबल असेम्बली कर्पोरेसनले सन्२०२७ सम्म अन्तरीक्षमा होटे बनाउने खबर सेयर गरको छ। चर्चित डिजाइनिङ कम्पनी आर्टिबल असेम्बली कर्पोरेसनले बनाउने एक होटलको नमुना शेयर गरेको छ । उक्त होटलको निर्माण कार्य सन् २०२५ बाट सुरु हुने बताइएको छ र त्यसको २ वर्षमा निर्माणकार्य पूरा हुनेछ

सन् २०२७ सम्ममा अन्तरीक्षमा सुविधासम्पन्न होटल खुल्नेछ । उक्त होटलको नाम भोएजर क्लास स्पेस स्टेशन राखिनेछ । होटल भित्रैबाट मानिसहरुले ब्रम्हाण्डको अवलोकन गर्न सक्नेछन् । उक्त होटलमा एक पटकमा चार सय मानिस बस्न सक्नेछन

अन्तरीक्षको उक्त होटेललाई एक ठूलो वृत्ताकारमा तयार गरिनेछ। त्यसमा शयन कक्ष, बार, रेष्टुरेन्ट, स्पा, सिनेमा हल, जिमखाना लगायतका सुविधाहरु उपलब्ध हुनेछन् । उक्त होटलमा फाइभ स्टार होटलमा जस्तै सुविधाहरु उपलब्ध हुने जनाईएको छ।

साथै होटलका सबै संरचनाहरु पृथ्वीमै तयार गरी अन्तरीक्षमा पूराइनेछ ।भोएजर क्लास स्पेस स्टेसन नामको उक्त होटल घुमिरहनेछ । जसका कारण त्यसमा कृत्रिम गुरुत्वाकर्षण कायम हुनेछ । अर्थात् त्यसमा चन्द्रमामा जस्तो गुरुत्वाकर्षण कायम गरिनेछ ।उक्त होटल भ एको स्पेस स्टेसनमा केही वृत्तहरु थप गरिनेछ र त्यसलाई अनुसन्धानका निमित्त नासालाई प्रदान गरिनेछ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर