२६ बैशाख २०७८, आईतवार
गृह किन उदास छन् सोहित ? (भिडियो)
किन उदास छन् सोहित ? (भिडियो)

काठमाडौं। अमेरीकामा बस्दै आउनु भएका गीतकार हरि उप्रेतीको शव्द एवं लोकप्रिय गायक शिशिर योगीको श्वर एवं संगीत रहेको किन मन उदास उदास बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतमा संगीत संयोजन मनोहर सुनामको रहेको छ। पछिल्लो समय नेपाली समाजमा देखिएको बिदेश मोह र त्यसले निम्त्याएको समस्यालाइ भिडियोमा प्रस्तुत गरिएको छ।

यस गीतको भिडियोलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने भिडियोमा दर्जनौ सिनेमामा अभिनय गरिसकेका नायक सोहित मानन्धर , रस्मि श्रेष्ठ , बेनिश भण्डारी को अभिनय रहेको छ। बालकलाकारको रुपमा भने हार्दिकता घिमिरेको अभिनय भिडियोमा देख्न सकिन्छ।

खेम थापा मगरको छायांकन रहेको यस भिडियोलाइ बिरेन्द्र भाट बिपिनले सम्पादन गरेका हुन्। भिडियो एच पि इन्टरटेन्मेन्टको अफिसियल यूटुव च्यानल बाट सार्वजनिक गरिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर