२ जेष्ठ २०७८, आईतवार
गृह हात्तीको आक्रमणबाट दुई घाइते
हात्तीको आक्रमणबाट दुई घाइते

झापा। जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन्। घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ।

उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ। प्रहरीका अनुसार खाती गम्भीर घाइते छन्। उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते छन्। उनीहरू दुवै श्रमिक हुन् । आज बिहान ७ः०० बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर